समाचार

विराटनगर भन्सारका चार कर्मचारीमा कोरोना संक्रमण

biratnagar vansar

१ भदौ, विराटनगर । प्रदेश १ को मुख्य नेपाल–भारत नाका विराटनगर भन्सारमा कार्यरत चार कर्मचारीलाई कोरोना संक्रमण भएको छ ।

शुक्रबार पिसिआर परीक्षण गरिएका कार्यरत बीस कर्मचारीमध्ये चारजनालाई कोरोना संक्रमण भएको हो । उनीहरु २८ देखि ५१ वर्ष उमेर समूहका रहेकाछन् । कार्यालयको क्वाटरमा बसोबास गर्दै आएका उनीहरु चारैजना होम आइसोलेसनमा रहेका छन् ।

सूचना अधिकारी सूनिता पौडेलले कर्मचारीमा संक्रमण देखिएपछि हाल आवश्यक सुरक्षा अपनाएर कामलाई निरन्तरता दिइएको जानकारी दिइन् । हाल कार्यालयमा कार्यरत थप ११ जनाको पीसीआर नमूना संकलन गर्ने तयारी भइरहेको कार्यालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस