१ भदौ, काठमाडौं । सोमबार सेयर बजार १०.७५ अंक बढेर १ हजार ४ सय २.२१ विन्दुमा पुगेको छ । १ हजार ३ सय ९१.८० विन्दुबाट सुरु भएको सूचक दोस्रो घण्टासम्म १ हजार ३ सय ९३ विन्दुको वरिपरि गुमेको थियो।
सेयर बजार बन्द हुने अन्तिम एक घण्टामा सुचक निरन्तर उकालो लागेर १४ सय माथि पुगेर बन्द भएको छ । लगातार तीनदिन देखि घटेको सेयर बजार सोमबार बढेको हो । नेप्से परिसूचक बढेर १ हजार ४ सय २ दशमलव २१ अंकमा पुगेको छ ।
‘क’ वर्गको कारोबार मापन गर्ने परिसूचक पनि १ दशमलव १४ अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कारोबार हुने हाइड्रोपावर बाहेकका सबै उपसमूहहरु हरियाली देखिएका छन् ।
प्रतिक्रिया दिनुहोस