समाचार

गाडी मर्मत गर्ने वर्कसप भदौ १५ गतेसम्म बन्द

workshop

१ भदौ, काठमाडौं । सवारी साधन मर्मत सम्भार गर्ने व्यवसाय अटो वर्कसपहरु भदौ १५ गतेसम्म बन्द हुने भएको छ ।

कोरोना संक्रमण फैलिँदै गएको अवस्थामा अटो वर्कसपहरु पनि असुरक्षित देखिएको भन्दै नेपाल अटोमेकानिक्स व्यवसायी संघले सोमबारदेखि भदौ १५ गतेसम्म बन्द गर्ने जानकारी दिएको छ ।

सघंले १५ गतेसम्म आफ्नो वर्कसप संचालन नगर्ने र अत्यावस्यक सवारी साधनहरु मर्मत गर्नुपरेमा वर्कशपमा माक्स, पञ्जाको प्रयोग गर्ने, साबुन पानीले हात धुने वा सेनिटाइजर जस्ता एल्कोहोल–बेस्ड सोलुसनको प्रयोग गरी सुरक्षित तरिकाबाट मात्र गर्न आग्रह गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस