समाचार

मरेका कुखुराको मासु बेचेको भन्दै बिएण्डबी मीट मार्टका सञ्‍चालक पक्राउ

mareko boilar

१ भदौ, काठमाडौं । मरेका कुखुराको मासु बिक्री गरेको आरोपमा बिएण्डबी मीट मार्टका सञ्‍चालक पक्राउ परेका छन् ।

प्रहरीले काठमाडौं महानगरपालिका ३१ प्रयाग मार्गस्थित बिएण्ड बी मीट मार्टका सञ्चालक काभ्रे पनौती नगरपालिका १० घर भएका ३३ वर्षीय कृष्णचरण गोछेलाई पक्राउ गरेको हो ।

उक्त मासु पसलमा करिब १ हजार किलोग्राम मरेका कुखुरा बिक्रीको लागि राखिएको भन्ने उजुरी पछि प्रहरीले गोछेलाई नियन्त्रणमा लिएको हो । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रतिनिधिको उपस्थितिमा उक्त मासु खाल्डोमा पुरेर नष्ट गरिएको छ ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *