
१ भदौ, काठमाडौं । ललितपुरको कुपण्डोलमा पैदलै हिँडिरहेकी महिलाको सुनको सिक्री लुटिएको छ ।
सोमबार दिउँसो ललितपुर महानगरपालिका–१ कुपण्डोलस्थित सडकबाट पैदलयात्री सुनमाया तामाङको १ तोलाको सुनको सिक्री लुटिएको हो ।
मोटरसाइकलमा सवार दुईजनाले सिक्री लुटेर फरार भएको प्रहरीले जनाएको छ । हालसम्म मोटरसाइकलको नम्बर नखुलेको र थप अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी प्रभाग पुल्चोकले लुटपाटमा संलग्न रहेको शंकामा २ जनालाई पक्राउ गरेको छ ।
प्रतिक्रिया दिनुहोस