समाचार

विराटनगरमा थप १ जना कोरोना संक्रमितको मृत्यु

koshi hospital

१ भदौ, विराटनगर । कोसी अस्पताल विराटनगरमा थप एक जनाको कोरोनाबाट मृत्यु भएको छ । विराटनगर महानगरपालिका–८ मधुमाराका ४७ वर्षका पुरुषको उपचारका क्रममा सोमबार बेलुका ५ बजेतिर मृत्यु भएको अस्पतालका प्रवक्ता लक्ष्मीनारायण यादवले जानकारी दिए।

विराटनगर-८ अस्थायी निवासी उनलाई सास फेर्न गाह्रो भएपछि आइतबार कोसी अस्पताल भर्ना गरिएको थियो । त्यसअघि पुरूषमा ज्वरो र खोकीको पनि समस्या देखिएको डा. यादवले बताए ।

उनको प्रादेशिक प्रयोगशाला विराटनगरमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । अहिले उनको शव अस्पतालमै राखिएको र सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ यस ८ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस