समाचार

यस वर्षको एसईईको परीक्षाफल सार्वजनिक

see exam

१ भदौ, काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा ‘एसईई’को परीक्षफल प्रकाशित भएको छ ।

सोमबार अपरान्ह बसेको बोर्डको बैठकले एसईईको परीक्षाफल सार्वजनिक गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक रामराज खकुरेले जानकारी दिए ।

खकुरेलका अनुसार परीक्षामा सहभागी भएका चार लाख ७२ हजार ७८ जना विद्यार्थीको परीक्षाफल सार्वजनिक गरिएको छ ।

गत चैत ६ गतेदेखि सञ्चालन हुने गरी तय भएको एसईई परीक्षा कोरोना भाइरसको महामारी फैलिएपछि अन्तिम समयमा आएर स्थगित गरिएको थियो । कोरोना महामारीकै कारण परीक्षा नहुने भएपछि  विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा परीक्षाफल सार्वजनिक गरिएको हो ।

परीक्षाको मूल्यांकन गरेर विद्यालयहरूले जिल्ला समन्वय इकाईमार्फत राष्ट्रिय परीक्षा बोर्डमा पठाएका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस