
१ भदौ, भक्तपुर । भक्तपुरकाे चाँगुनारायण नगरपालिका वडा नम्बर ७ र ८ को सिमानामा पर्ने मूलसाँघु खोलाको किनारम साेमबार महिलाको शव भेटिएको छ ।
भक्तपुर नगरपालिका–६ घर भई चाँगुनारायण नगरपालिका–८ जितपुरमा डेराभाडामा बस्ने गरेकी ३२ वर्षीया काली भन्ने यशोधा सिजखुको शव खोला किनारमा भेटिएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।
शवको पहिचान मृतकका श्रीमान् दशराम सिजखुले गरेकाे जानकारी दिँदै उनले शव परीक्षणका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोट पठाइएको बताए ।
खोलाको गहिरो भागमा शव रहेको र नजिकै एउटा गाई पनि मरेकाे भेटिएको जानकारी दिँदै उनले घटनाबारे अनुसन्धान भइरहेकाे बताए ।
प्रतिक्रिया दिनुहोस