विश्व/प्रवास

जापानका प्रधानमन्त्री अस्पताल भर्ना

sinzo

१ भदौ, काठमाडौं । जापानका प्रधानमन्त्री सिन्जे आवे अस्पताल भर्ना भएका छन् । उनी स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना भएको प्रधानमन्त्री कार्यालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

पूर्वअर्थमन्त्री अकिरा अमारीले एउटा टिभी कार्यक्रममा प्रधानमन्त्रीलाई आरामको आवश्यकता भएको बताएको भोलिपल्ट उनी अस्पताल गएका हुन् ।

क्योदो समाचार संस्थाले प्रधानमन्त्री राजधानी टोकियोस्थित केइओ विश्वविद्यालय अस्पतालमा भर्ना भएको जनाएको छ ।  प्रधानमन्त्री आवेलाई अहिले तत्काल ख्याल नगरेमा पछि अरु ठूला समस्याहरु आउन सक्ने उनले चेतावनी दिएका छन् ।

तर उनकै कतिपय सहयोगी तथा मन्त्रीपरिषद्का सहयात्रीहरुले भने प्रधानमन्त्री आवेले राम्रोसँग काम गरिरहेकाले स्वास्थ्यमा समस्या भएजस्तो नभएको उल्लेख गरेका छन् । “उहाँले राम्रो काम गरिरहनुभएको छ, त्यसमा कुनै समस्या भएजस्तो लाग्दैन,” सरकारको मन्त्रीपरिषद्का मुख्य सचिव योशिहिड सुगाले भने ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस