विजनेश

खुकुरी थ्री एक्स रमले जित्यो ‘लण्डन स्पिरिट्स प्रतियोगिता २०२०’ मा स्वर्ण पदक

khukuri rum

१ भदौ, काठमाडौं । नेपाल डिष्टिलरीद्वारा उत्पादित ख्याति प्राप्त नेपाली रम खुकुरी थ्री एक्सले अन्तर्राष्ट्रिय प्रतियोगिता अन्तर्गत रम समूहमा ९४ अंक हासिल गर्दै स्वर्ण पदक जित्न सफल भएको छ ।

यसभन्दा अघि खुकुरी रमले अन्तर्राष्ट्रिय रम उत्सवमा जितेको पुरस्कारसँगै अन्तर्राष्ट्रिय स्तरमा प्राप्त गरेको यो एक अर्को पुरस्कार हो ।

लण्डन स्पिरिट्स प्रतियोगिताको आयोजना २०२० जुलाई ६ तारिखमा लण्डनमा गरिएको थियो र सोही प्रतियोगितामा नेपाल डिष्टिलरीज् प्रा.लि. खुकुरी थ्री एक्स रमको लागि स्वर्ण पदकद्वारा पुरस्कृत भएको थियो ।

प्रतियोगिता अन्तर्गतका ३ विधाहरु गुणस्तर, गुणवत्ता र प्याकेजिङका दृष्टिकोणमा खुकरी रमलाई १०० मध्ये कूल ९४ अंक दिइएको हो । खुकुरी रम बेलायत, अमेरिका लगायत १३ मुलुकहरुमा निर्यात हुँदै आएको छ ।

नेपाल डिस्टिलरिज् संगठित क्षेत्रमा स्थापना भएको नेपालको पहिलो मदिरा उद्योग हो । सन् १९५९ देखि नै यसको ब्रान्ड खुकुरी रमले बजारमा आफ्नो पकड जमाउँदै आएको छ ।

लन्डन स्पिरिट्स प्रतियोगिताको आयोजक वेभरेज ट्रेड नेटवर्क हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस