बैँक / वित्त

कुशे औंसीमा एनआईसी एशियाका मोबाइल बैंकिङ एवं कार्डमार्फत उपहार खरिदमा ३० प्रतिशतसम्म छुट

nic asia

२ भदौ, काठमाडौं । एनआईसी एशिया बैंकले कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनलाई लक्षित गरी बुबालाई उपहार किन्दा ३० प्रतिशतसम्म छुटको योजना ल्याएको छ ।

बैँकले देशका विभिन्न १४ वटा मर्चेन्टहरूसँग समझदारी गरी ३० प्रतिशतसम्म छुट योजना ल्याएको हो । ग्राहकहरुले उक्त दिन सामग्री खरिद गर्दा बैंकको मोबाइल बैंकिङ्ग र कार्ड (डेबिट तथा क्रेडिट) बाट कारोबार रकम भुक्तानी गर्दा छुट प्राप्त हुने बैँकले जनाएको छ ।

बैंकका मोबाइल बैंकिङ र कार्ड (डेबिट तथा क्रेडिट) प्रयोग गर्ने ब्यत्तिहरुले सिजी डिजिटल, एलजी लाइफस्टाइल सप, होटल र्‍यार्डिसन, त्रिवेणी ग्रुप एण्ड डिग्री, केटिएम सिटी, शिद्धार्थ क्याफे, कृष्ण पाउरोटी, यको इनफिनिटी, द क्रस्ट बेकरी , हाम्रो कार्ट, हटस्टोन पिज्जेरिया, विवेन्ड ब्रेड र तातोमिठोसँग उक्त सामग्रीहरू खरिद गर्दा लागत मूल्यको ३० प्रतिशतसम्म छुट उपलब्ध हुने बैँकले जनाएको छ ।

ग्राहकले बैंकसँग सो अवधिमा आवद्ध भएका विभिन्न १४ वटा मचेर्न्टहरूमार्फत विभिन्न इलेक्ट्रोनिक समाग्रीहरू, कपडा, केक, मिठाइ लगायतका सामग्रीहरू उक्त छुटमा खरिद गर्न सक्ने छन् ।

कोरोना महामारीले पर्ने असर मध्यनजर गर्दे बैंकले आफ्ना मोबाइल बैंकिङ्ग वा कार्ड (डेबिट/क्रेडिट) प्रयोगकर्ताहरूलाई देशभरका २,५०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई लागत रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *