समाचार

बाँकेमा ६२ वर्षीय पुरूषको कोरोनाबाट मृत्यु, नेपालको मृतक संख्या १०९ पुग्यो

covid 19 dead body

२ भदौ, बाँके । बाँकेमा कोरोना सङ्क्रमणबाट गए राति थप एक जनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ५ निवासी ६२ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा सोमबार राति पौने १२ बजेतिर मृत्यु भएको छ।

सोमबार मात्रै मृतकको पिसिआर  रिपोर्ट पोजिटिभ आएको  जिल्ला कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

ती व्यक्तिमा साउन ३० गते लक्षणसहितको ज्वरो आएको भएपनि साउन ३२ गते मात्रै अस्पतालमा भर्ना भएका थिए । अन्तिमा उनलाई फोक्सोमा निमोनिया देखिएको र  स्वास्थ्य स्थिति बिग्रँदै गएर  मृत्यु भएको श्रेष्ठले जानकारी दिए ।

मृतकको घरपरिवार र नेपाली सेनासँगको समन्वयमा शव व्यवस्थापनको तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए ।

यो सँगै बाँकेमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । यसअघि नरैनापुर, बैजनाथ, कोहलपुरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस