विजनेश

विश्वकै धनी व्यक्तिको सूचीको छैठौं स्थानमा झरे मुकेश अम्बानी

mukesh ambani

२ भदौ, काठमाडौं । मुकेश अम्बानी अब विश्वको शीर्ष १० धनीहरूको सूचीमा छैठौं स्थानमा झरेका छन् ।

केही दिन अघि, उनी यस सूचीमा चौथो स्थानमा रहेका थिए । रिलायन्सको सेयरमा गिरावट आएका कारण मुकेश अम्बानीको सम्पत्तिमा कमी आएको हो। एलोन मस्क अब विश्वको चौथो धनी व्यक्ति भएका छन् ।

ब्लूमबर्ग बिलिनेयर इन्डेक्सका अनुसार मुकेश अम्बानीको ७८.८ बिलियन डलर सम्पत्ति रहेको छ । धनी व्यक्तिको लिष्टमा अमेजनका सीइओ जेफ बेजोस शीर्ष स्थानमा छन् । बेजोसको सम्पत्ति १८८ बिलियन डलर छ ।

यस्तै दोस्रो स्थानका बिल गेट्सको सम्पत्ति १२१ बिलियन डलर, तेस्रो स्थानका मार्क जुकरबर्गको सम्पत्ति ९९ बिलियन डलर, चौथो स्थानका एलन मस्कको सम्पत्ति ८४.८ बिलियन डलर, पाँचौं स्थानका बर्नार्ड आर्नल्टको सम्पत्ति ८४.६ बिलियन डलर र छैटौं स्थानका मुकेश अम्बानकिो सम्पत्ति ७८.८ बिलियन डलर छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस