खेलकुद समाचार

सीपीएल आजदेखि शुरू हुने, सन्दीपको पहिलो खेल भने भोलि

sandip cpl

२ भदौ, काठमाडौं । प्रिमियर लिग (सीपीएल) आजदेखि ट्रिनिडाड एण्ड टोबागोमा आजदेखि शुरु हुँदैछ । नेपाली स्टार स्पिनर सन्दीप लामिछानेको पहिलो खेल भने भोलि हुनेछ ।

सीपीएल आज राति ७ः४५ बजेदेखि शुरु हुनेछ । पहिलो खेलमा ट्रिनबागो नाइट राइडर्स र गुएना वारियर्स प्रतिश्पर्धा गर्नेछन् । नेपाली समयअनुसार भोलि बिहान ३ः१५ बजे हुने अर्को खेल बारबाडोस र सेन्ट किट्सबीच हुनेछ । कोरोनाभाइरस संक्रमणको जोखिमका काराण सबै खेल विना दर्शक खेलाइने छन् ।

सन्दीपको टीम जमैका तल्लाहवाजले पहिलो खेल बुधबार साँझ ७ः४५ मा सेन्ट लुसियाविरुद्ध खेल्नेछ । सीपीएल खेल्न आफू निकै उत्साहित भएको सन्दीपको भनाइ छ। सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै उनले कोरोना महामारीका कारण लामो समयपछि क्रिकेट खेल्न पाउँदा खुशी लागेको बताएका छन् ।

सन्दीप सीपीएल खेल्न गत १५ साउनमा ट्रिनिडाड एन्ड टोबागो गएका थिए । नियमित उडान बन्द गरिएको अवस्थामा उनी कोरियन एअरको चार्टर्ड जहाजमा टोबागो गएका हुन् ।

यसबीच सन्दीपको दुई पटक पीसीआर परीक्षण गराएका थिए । नेपाल र टोबागोमा गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो । उक्त रिपोर्टसँगै सन्दीपको सीपीएल खेल्ने बाटो खुला भएको हो ।

यो सिजन सीपीएलका लागि जमैका तल्लावाहजले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको छ । सन्दीपले यसअघि दुई पटक सीपीएल खेलिसकेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस