
२ भदौ, काठमाडौं । भारतीय गृहमन्त्री अमित शाह सोमबार राती नयाँ दिल्लीस्थित एम्स अस्पताल भर्ना भएका छन् ।
कोरोना नेगेटिभ आएको चार दिनमा थप स्वास्थ्य समस्या देखिएपछि उनी मंगलबार अस्पतालमा भर्ना भएका हुन् ।
उनी कोरोना संक्रमण पुष्टि भएसँगै दुई साता आइसोलेसनमा बसेका थिए । गत साता मात्र नेगेटिभ रिपोर्ट आएपछि शाह अस्पतालबाट डिस्चार्ज भएका थिए । तर, थथकान र शरीर दुख्ने लगायतका समस्या देखिएकाले उनी मंगलबार फेरी अस्पतालमा भर्ना भएका हुन् ।
प्रतिक्रिया दिनुहोस