समाचार

सुनसरीमा करेन्ट लागेर मजदुरको मृत्यु

electricity

२ भदौ, सुनसरी । सुनसरीमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । बर्जु गाउँपालिका– ५ मा रहेको ईस्टन सुगरमिलमा कार्यरत स्थानीय ४२ बर्षीय तेज नारायण चौधरीको करेन्ट लागेर मृत्यु भएको हो ।

बिहान १० बजेतिर मिलमा काम गर्ने क्रममा करेन्ट लागेर घाइते भएका चौधरीको उपचारका क्रममा विराटनगरको गोल्डेन अस्पतालमा मृत्यु भएको सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।पोष्टमार्टमपछि मृतकको शव परिवारलाई जिम्मा लगाउने तयारी भइरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस