समाचार

प्रहरीलाई धारिलो हतियार प्रहार गर्ने तीन जना पक्राउ

arrest

२ भदौ, मकवानपुर । प्रहरीलाई धारिलो हतियार प्रहार गरेको आरोपमा प्रहरीले मकवानपुरका तीन जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा हेटौँडा–६ का २६ वर्षीय भक्तराम राउत, १६ वर्षीय उत्सव गौतम र ५० वर्षीय नकुल विक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।

उनीहरुलाई हेटौँडा–६ चौघडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक डम्बरबहादुर केसी र हवल्दार विकेश रायलाई धारिलो हतियार (खुकुरी) प्रहार गरेको आरोपमा गए राति पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरु लागुऔषध सेवनकर्ता हुन् । उनीहरुलाई सोमबार राति १० बजेको समयमा लागुऔषध सेवन गरिरहको भेटेपछि नियन्त्रणमा लिन खोज्दा प्रसनि केसी र हवल्दार राय माथि खुकुरी प्रहार भएको मकवानपुर प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारबाट प्रसनि केसी र हवल्दार रायको बायाँ हातमा गहिरो चोट लागेको छ । घाइते प्रहरीलाई सोमबार राति नै चितवनस्थित भरतपुर अस्पतालमा उपचारको लागि पठाइएको छ ।

पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान तथा कानूनी कारवाही भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस