
२ भदौ, मकवानपुर । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा थाहा नगरपालिका १२ जगडाँडा बस्ने १६ वर्षीय किशोरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
बालिकालाई गत असार २३ गते बिहान आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले ती किशोरलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस