समाचार

काठमाडौं उपत्यकामा थपिए २०५ जना कोरोना संक्रमित

pcr test lab

२ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २०५ जना कोरोना संक्रमित थपिएका छन् ।

उपत्यकाका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंका १३८, ललितपुरका ५० र भक्तपुरका १७ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको कुल संख्या २ हजार ३१९ पुगेको छ । यीमध्ये काठमाडौंका १ हजार ८४५, ललितपुरका ३४१ र भक्तपुरका १६१ जना छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस