२ भदौ, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप सात जनाको मृत्यु भएको छ ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु भएको जानकारी दिए ।
प्रवक्ता गौतमका अनुसार कोरोनाको संक्रमणबाट काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके र कास्कीमा एक–एक जना पुरुष तथा तनहुँकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ।
प्रतिक्रिया दिनुहोस