समाचार

सर्वोच्च अदालतका थप एक कर्मचारीमा कोरोना संक्रमण

suprim court

२ भदौ, काठमाडौं । सर्वोच्च अदालतका थप एक कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । अदालतमा सेवाग्राहीसँगको सम्पर्कमा रहेर काम गर्नुपर्ने १८० जनाको स्वाब परीक्षण गर्दा मंगलबार एक जनामा कोरोना संक्रमण पुष्टि भएको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ ।

अदालत स्रोतका अनुसार सर्वोच्च अदालतको इजलास नम्बर ६ मा कार्यरत २४ वर्षीया अधिकृतमा कोरोना संक्रमण पुष्टि भएको हो । इजलास अधिकृतमै संक्रमण पुष्टि भएपछि त्रासको वातावरण पैदा भएको त्यहाँ कार्यरत कर्मचारीले बताएका छन् ।

यसअघि अदालतका न्यायाधीशको पीएसओ र सवारी चालकमा समेत संक्रमण देखिएको थियो। काठमाडौं बाहिरका उच्च अदालतका न्यायाधीश र कर्मचारीमा देखिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *