२ भदौ, काठमाडौं । बाढीपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई सरकारले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीपहिरोमा परेर मृत्यु भएकाको परिवारलाई एक जनाको मृत्यु भएको भए २ लाख र एकै परिवारमा एकभन्दा बढीको मृत्यु भए प्रतिव्यक्ति थप एक लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता युवराज खतिवडाले मन्त्रिपरिषद्का निर्णय मंगलबार सार्वजनिक गर्दै बाढीपहिरोमा परेका घाइतेको नि:शुल्क उपचार र मृत्यु भएकाहरूको परिवारलाई राहत दिने निर्णय भएको जानकारी दिए ।
बाढीपहिरोले घरबारविहीन भएकालाई तत्काल जुगाराका लागि पाँच जनासम्मको परिवार छ भने प्रतिपरिवार १५ हजार र पाँचभन्दा बढी सदस्य रहेका परिवार छन् भने प्रतिपरिवार २० हजार नगद सहयोग दिने निर्णय भएको खतिवडाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस