समाचार

सुदूरपश्चिम प्रदेशमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि

seti pradeshik hospital

२ भदौ, कैलाली । सुदूरपश्चिम प्रदेशमा थप ४७ जना कोरोना  संक्रमण पुष्टि भएको छ । मंगलबार डडेल्धुरा अस्पतालबाट ४६ र सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणबाट थप १ जनामा कोरोना संक्रमण पुष्टि भएका हो ।

डडेल्धुरा अस्पतालमा २४७ जनामा गरिएको परीक्षणमा ४६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रयोगशाला ईन्चार्ज ईश्वरीप्रसाद भुसालले जानकारी दिए ।

भुषालका अनुसार संक्रमित सबै डोटी जिल्लाको शिखर नगरपालिकाका हुन् । उनका अनुसार शिखर नगरपालिका वडा नम्वर १० का १६ जना, वडा नम्वर ९ का १४, वडा नम्वर ७ का १३ र वडा नम्वर १ का दुई तथा दिपायल सिलगढी नगरपालिका वडा नम्वर ८ का एकजनामा संक्रमण पुष्टि भएको छ ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६ सय ४९ जनाको कोरोना परीक्षण भएकोमा एक जनामा संक्रमण पुष्टि भएको अस्पतालद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति अनुसार कैलालीको जोशीपुर गाउँपालिका वडा नम्वर ७ का ३५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ। मंगलबार ४७ जनामा कोरोना पुष्टि भएसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार ७३ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस