
२ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै गएपछि भक्तपुर नगरपालिका क्षेत्रमा छोटो दुरीका सार्वजनिक यातायातका साधन भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।
नगरपालिकाले भक्तपुर नगरभित्रका यातायात व्यवसायीका प्रतिनिधिहरुसँग मंगलबार छलफल गर्दै भदौ ३ देखि १५ गतेसम्म छोटो दुरीका सार्वजनिक यातायात बन्द गर्ने निर्णय भएको नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिएका छन् ।
काठमाडौं उपत्यकालगायत विभिन्न शहरहरुमा पनि दैनिक सयौंको संख्यामा संक्रमितहरु थपिरहेको तथा भक्तपुरमा पनि संक्रमितहरु बढ्दै गएकाले सो निर्णय गरिएको नगरपालिकाले जानकारी दिएको छ । यसअघि मध्यपुरथिमि नगरपालिकाले समेत लकडाउन गरेको छ ।
प्रतिक्रिया दिनुहोस