२ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०२ बर्षको उमेरमा भएको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले मंगलबार सञ्जाल ट्विटरमा शोक व्यक्त गर्दै भनेका छन्, ‘ राष्ट्र कवि माधवप्रसाद घिमिरेको १०२ बर्षको उमेरमा आज दुःखद निधन भएको छ । उहाँको अवसानबाट नेपालले साहित्य र वाङमयका एक विशिष्ट साधक गुमाएको छ । साहित्य मार्फत उहॉले मुलुकलाई लगाउनु भएको गुण नेपाली जनताले कहिल्यै भुल्ने छैनन् । शोकको यस क्षणमा म उहाँप्रति उच्च सम्मान र श्रद्धाञ्जलि व्यक्त गर्दछु । साथै शोक सन्तप्त परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’
राष्ट्र कवि माधवप्रसाद घिमिरेकाे १०२ बर्षकाे उमेरमा आज दुःखद निधन भएकाे छ । उहाँकाे अवसानबाट नेपालले साहित्य र वाङमयका एक विशिष्ट साधक गुमाएको छ। साहित्य मार्फत उहॉले मुलुकलाई लगाउनु भएको गुण नेपाली जनताले कहिल्यै भुल्ने छैनन्।…+ pic.twitter.com/G66wwJ6t2C
— K P Sharma Oli (@kpsharmaoli) August 18, 2020