समाचार

राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै

madhav prasad ghimire

३ भदौ, काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ । नेपाल सरकारका तर्फबाट उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले विहान १० बजे घिमिरे निवास लैनचौरमै पुगी राष्ट्रिय झण्डा ओढाउने कार्यक्रम छ ।

त्यसपछि उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ। राष्ट्रकवि घिमिरेको मंगलबार बेलुकी काठमाडौंको लैनचौरस्थित आफ्नै निवासमा १ सय १ वर्षको उमेरमा निधन भएको थियो ।

घिमिरेको जन्म वि. सं. १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा भएको थियो । घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने साहित्यकारका रूपमा चिनिन्छन् ।

उनलाई २०६० साल असोज ७ गते तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले ‘छन्द शिरोमणि’को उपाधिबाट अभिनन्दन गरेका थिए । त्यसको तीन दिनपछि उनलाई ‘राष्ट्रकवि’को रूपमा अभिनन्दन गरिएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस