समाचार

म्युजिक भिडिओमा राष्ट्रिय झन्डा जलाउने समूहका चार जना पक्राउ, ६ जनाको खोजी तीव्र

Deshdrohi

३ भदौ, काठमाडौं । म्युजिक भिडिओमा राष्ट्रिय झन्डा जलाउने समूहका चार सदस्य पक्राउ परेका छन् ।

भदौ १ गते अपलोड गरिएको उक्त भिडिओ भाइरल भएपछि मंगलबार दिनभरि अपरेसनमा जुटेको महानगरीय अपराध महाशाखाले चार जना पक्राउ गरेको हो ।

अन्य ६ जना व्यक्तिहरूको पहिचान भइसकेको र खोजी तीब्र पारिएको महानगरीय अपराध महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए ।

पक्राउ परेका चारै जना व्यक्तिलाई अपराध महाशाखामा राखेर अनुसन्धान भइरहेको थापाले बताए। उक्त काण्डमा मुछिएकाहरूलाई कडा भन्दा कडा सजाय हुने उनले बताए ।

उक्त म्युजिक भिडियो गत भदौ १ गते युट्युबमा अपलोड गरिएको थियो। भिडिओ मकवानपुरको बागमति गाउँपालिका–३स्थित सल्लेनीको विष्णु आधारभूत विदयालयमा खिचिएको दृष्यमा देखिन्छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस