
३ भदौ, कैलाली । अछामको रामारोशन गाउँपालिका–५ स्थित कैलास खोलामा आएको बाढीले १६ घर बगाएको छ ।
अहिलेसम्म ४ जनाको शव भेटिएको र १९ जना बेपत्ता भएको गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले बताइन् ।
बाढीले रामारोशन सैनी बजारका २२ पसल बगाएका छन् । अहिले उद्धार भइरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस