
३ भदौ, जाजरकाेट । जाजरकोटमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।
छेडागाड नगरपालिका – १३ कार्कीगाँउको चैतेटाकुरा दुदुलपानी टोलका वीरसिंह नेपालीको घरमा बिहान परेको चट्याङ लागेर नेपालीको तीन वर्षका छोरा सुमनको मृत्यु भएको हो ।
चट्याङले घरमुली वीरबहादुर सहित परिवारका पाँच जना घाईते भएको स्थानीय हेमन्त खत्रीले बताए । चट्याङले वीरबहादुरका खसी र बाख्रा पनि मरेका छन् ।
प्रतिक्रिया दिनुहोस