
३ भदौ, काठमाडौं । धरानमा थप एक जना कोरोना संक्रमति महिलाको मृत्यु भएको छ ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मोरङको बुढीगंगा–२ निवासी ६७ वर्षीया कोरोना संक्रमित महिलाको मंगलबार साँझा मृत्यु भएको हो ।
मृत्यु भएकी महिला मंगलबार बिहान २ बजे वीपी प्रतिष्ठानकामा भर्ना भएको प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए। अत्याधिक ज्वरो र खोकी लाग्नका साथै श्वास प्रस्वासमा समेत गम्भीर समस्या भएका कारण उनको मृत्यु भएको डा. सापकोटाले बताए।
मृतक महिला विगत लामो समयदेखि मुटु समस्याको दीर्घ रोगी भएको डा. सापकोटाले बताए। मृतकको शव व्यवस्थापनका लागि आवश्यक पहल भइरहेको प्रवक्ता सापकोटाले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस