समाचार

दार्चुलामा ढुंगाले लागेर एक जना मजदुरको मृत्यु

bead body tag

३ भदौ, काठमाडौं । दार्चुलाको मकरीगाड हाइड्रोपावरमा कार्यरत एक जना मजदुरको ढुंगाले लागेर मृत्यु भएको छ ।

अपिहिमाल गाउँपालिका– ५ मकरीगाडमा निर्माणाधीन १० मेगावटको मकरीगाड हाइड्रोपावरमा कार्यरत मजदूर २९ वर्षीय सुनिलसिंह धामीको मृत्यु भएको हो ।

मकरीगाड हाइड्रोपावरको पोल बोक्ने क्रममा माथिबाट खसेको ढुंगा लागेर धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए । ढुंगा लागेर घाइते भएका धामीलाई उपचारका लागि गोकुलेश्वर अस्पताल ल्याउने क्रममा सेलविसामा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको गोकुलेश्वर अस्पतालमा शव परीक्षण गरिएको छ ।

मृतक धामी गत चैतदेखि मकरीगाड हाइड्रोपावरमा कार्यरत थिए । मृतकका एक छोरा र श्रीमती छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस