समाचार

कपिलवस्तुमा ट्रक पल्टिँदा एकजनाको मृत्यु

road accident

३ भदौ, बुटवल । कपिलवस्तुमा अनियन्त्रित भएर ट्रक पल्टिँदा एकजनाको मृत्यु भएको छ ।

शिवराज नगरपालिका-१ को पहिरा खोलास्थित पूर्वपश्चिम राजमार्गमा बुधबार बिहान ना.८ ख ३२१३ नम्बरको ट्रक अनियन्त्रित भएर पल्टिँदा ट्रकमा सवार बाँके नेपालगञ्ज उपमहानगरपालिका-२० बस्ने ३५ वर्षीय जमुना खटिक घटना स्थलमै मृत्यु भएको हो ।

ट्रक चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस