समाचार

कैलालीमा पनि बिहीवार रातिदेखि निषेधाज्ञा

kailali cdo office

३ भदौ, कैलाली । कोभिड १९ को संक्रमण बढ्दै गएपछि कैलाली जिल्लामा निषेधाज्ञा घोषणा गरिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले भदौ ४ गते राति १२ बजेदेखि भदौ १४ गते रातिसम्म निषेधाज्ञा घोषणा गर्ने निर्णय गरेको हो ।

अत्यावश्यक सेवा वा वस्तुबाहेकका सबै सबै प्रकारका उद्योग, व्यापार ब्यवसाय सञ्चालन नगर्ने, औषधि खाद्यवस्तु, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु तथा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कने, अत्यावश्यक काममा घर बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग तथा भौतिक दूरी कायम गर्नुपर्ने लगायतका निर्णय गरिएको छ ।

पछिल्लो समय विभिन्न जिल्लामा कोरोना संक्रमण बढ्दै गएपछि जिल्लाब्यापी रुपमा वा स्थानीय तहहरुमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गरेका छन् ।

काठमाडौं उपत्यकामा पनि आज (बुधबार) रातिदेखि एक हप्ता अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्कन बन्देज लगइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस