राजनीति

कोरोना रोकथामसम्बन्धी निर्णय गर्न प्रधानमन्त्रीसहित बस्याे सीसीएमसी बैठक

ccmc meeting

३ भदौ, काठमाडौं । कोरोना जोखिम व्यवस्थापन समिति (सीसीएमएसी)को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा जारी बैठकले कोरोना रोकथामबारे भावी रणनीति तय गर्ने बुझिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी बैठक जारी रहेको उनका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिएका छन् ।

देशमा पछिल्लो समय समुदायस्तरमा कोरोना भाइरसको संक्रमण बढेपछि सरकारले कडाई गर्ने रणनीति अख्तियार गरेको छ । सरकारले संक्रण उच्च भएका स्थानहरुमा निषेधाज्ञा गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिएको छ । उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले भोलीदेखि एक साता लामो निषेधाज्ञा जारी गरेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *