समाचार

स्रोत नखुलेको लाखौं रुपैयासहित दुई भारतीय महिला पक्राउ

mahila pakrau 1

३ भदौ, रौतहट । रौतहटमा श्रोत नखुलेको लाखौं रुपैयासहित दुई भारतिय महिलालाई नियन्त्रणमा लिएको छ ।

बुधबार बिशेष सुचनाका आधारमा अस्थायी प्रहरी पोष्ट महादेवपट्टीको प्रहरी सहायक निरिक्षक मनोज कुमार सिंहको कमाण्डमा खटिएका गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत विहार राज्यको सितामढी बैरगनिया ग्राम पञ्चायत वडा नं. १ सिन्दुरिया बस्ने ४५ बर्षीय शान्ति देवी र सोही स्थानमा बस्ने अर्का ४५ बर्षिय मिना देवि रहेको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता तथा डिएसपी भरत श्रेष्ठले जानकारी दिएका छन् ।

rautahat paisaउनीहरुको साथबाट स्रोत नखुलेको ६ लाख ४० हजार नेपाली नोटसहित रौतहटको गौर नगरपालिकाको वडा नम्बर ३ स्थित दशगजा क्षेत्रबाट रौतहट प्रहरीले नियन्त्रणमा लिएको डिएसपी श्रेष्ठले बताए ।

उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस