समाचार

पोखरा महानगरपालिकामा एउटै वडाका १६ जनामा कोरोना पुष्टि

pcr test lab

३ भदौ, पोखरा । पोखरा महानगरपालिकामा एकै वडाका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयले बुधबार साँझ जारी गरेको विज्ञप्ति अनुसार पोखरा महानगरपालिका-७ का १६ जनालाई कोरोना भाइरसको संक्रमण भएको जनाइएको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ २४ जनाको रिपोर्ट पोजेटिभ आएको हो । जस अनुसार बाग्लुङको बाग्लुङ-३ मा ६ जना, जैमनी-८ मा एकजना र बडिगाडमा एकजना कोरोना संक्रमित थपिएका हुन् ।

सबै संक्रमित व्यक्तिहरुलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ । बेलुका ६ बजेको अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८१२ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस