समाचार

चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना

rain

४ भदौ, काठमाडौं । भारतको मध्य प्रदेशमा बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा पनि देशभर परेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनी न्यून चापीय  रेखा नेपालको दक्षिणतर्फ अवस्थित छ ।

विभागका अनुसार बिहीबार (आज) बिहान देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ भने प्रदेश १, प्रदेश ५ र कर्णाली  प्रदेश तथा आसपासका भूभागका केही स्थानमा वर्षा भइरहेको छ ।

जारी मौसम पूर्वानुमानका अनुसार  दिउँसो देशभर  सामान्यतया  बदली  रही  धेरै  स्थानहरुमा  मेघगर्जन र चट्याङ्ग सहित  हल्का देखि मध्यम  वर्षाको  सम्भावना रहेको छ । बागमती  प्रदेश, गण्डकी  प्रदेश, कर्णाली  प्रदेश र सुदूरपश्चिम  प्रदेशका  १/२  स्थानहरुमा  भारी  वर्षाको  समेत  सम्भावना रहेको छ ।

यसैगरी, राति  देशभर  सामान्यतया  बदली रही   प्रदेश १, बागमती प्रदेश, गण्डकी  प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा  र बाँकी प्रदेशको थोरै स्थानहरुमा  मेघगर्जन, चट्याङ्गसहित  हल्का देखि मध्यम  वर्षाको  सम्भावना रहेको छ ।

साथै, बागमती प्रदेश, गण्डकी  प्रदेश र सुदूरपश्चिम प्रदेशका १र२ स्थानहरुमा भारी  वर्षाको सम्भावना रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस