
४ भदौ, रौतहट । रौतहटमा एक जना पुजारीलाई गोली हानी हत्या गरिएको छ । बुधबार राति माधवनारायण नगरपालिका –२, खेसरहियास्थित हनुमान मन्दिरका ६५ वर्षिय पुजारी श्रीराम साहलाई अज्ञात समूहले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ ।
राति करिब सावा ९ बजे खाना खाइरहेको बेला पुजारी साहलाई एक व्यक्तिले गोली हानेपछि घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका इन्चार्ज डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए ।
घटनाबारे प्रहरीले थप अनुसन्धान शुरु गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस