४ भदौ, काठमाडौं । प्रहरीले माछापोखरीबाट दुई वटा पेस्तोल, त्यसमा लाग्ने दुई म्यागजिन र १० राउण्ड गोली बरामद गरेको छ । प्रकरणमा संलग्न एक जना माछापोखरीबाट समातिएका छन् भने अर्का व्यक्ति नुवाकोटबाट पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाका अनुसार पक्राउ पर्नेमा नुवाकोटको शिखरवेसी–६ का विकेश पण्डित र नुवाकोटको लिपु गाउँपालिका–१ घर भएका २८ वर्षीय अमर तामाङ छन् ।
पण्डितबाट प्रहरीले मेड इन युएसए लेखेको दुई थान पेस्तोल र १० राउण्ड गोली बरामद गरेको हो । उनलाई सोधपुछ गर्दा हतियार ओसार पसार गराउन लगाउने तामाङ रहेको खुलेको एसएसपी थापाले बताए ।
उनीहरूमाथि थप अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर, टेकु पठाइएको छ । प्रारम्भिक अनुसन्धान अनुसार अमर तामाङ पहिले नै डाँकाको मुद्दामा ६ वर्ष २ महिना कैद सजाय भुक्तान गरेको खुलेको छ ।
एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुक र ट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।