समाचार

जडिबुटीमा ट्रकको ठक्करबाट पैदलयात्रु मृत्यु

accident jadibuti

४ भदौ, काठमाडौं । जडीबुटीमा मालबाहक ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु  हुनेमा सिन्धुपाल्चोकको इन्द्रावती घर भएका ४४ वर्षीय धनबहादुर कार्की छन् ।

महानगरीय प्रहरी वृत्त, बानेश्वरका डीएसपी दक्षकुमार बस्नेतका अनुसार आकाशे पुल नजिक ना ६ ख २९१७ नम्बरको १२ चक्के ट्रकले पैदलयात्रु कार्कीलाई ठक्कर दिएको थियो ।

ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको उनले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस