
४ भदौ, काठमाडौं । भारतमा अर्का केन्द्रीय मन्त्रीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । जलशक्ति मन्त्रालयका मन्त्री गजेन्द्र सिंह शेखावतमा बिहीबार कोरोना पुष्टि भएको हो ।
संक्रमण देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको समाचार भारतीय समाचार पत्र हिन्दुस्तान टाइम्सले लेखेको छ । उनले आफू संक्रमित भएको खबर ट्वीटर मार्फत जानकारी गराएका हुन् ।
केही दिनअघि उनमा लक्षण देखिएपछि कोरोनाको परीक्षण गराएका थिए । उनले आफ्नो सम्पर्कमा आएकाहरूलाई सेल्फ आइसोलेशनमा बसी कोरोनाको जाँच गराउन समेत अनुरोध गरेका छन् ।
यसअघि भारतका गृहमन्त्री अमित शाहमा गत अगष्ट २ गते संक्रमण पुष्टि भएको थियो ।
प्रतिक्रिया दिनुहोस