समाचार

खरिपाटीको क्वरेण्टीन बन्यो दुई सय शय्याकाे आइसोलेशन

kharipati quarantine

४ भदौ, भक्तपुर । सरकारले चीनको वुहानबाट उद्धार गरेर ल्याएका नेपालीलाई राख्न गएको फागुनमा तयार पारेको भक्तपुरको खरिपाटीमा रहेको क्वरेण्टीनलाई आइसोलेशनमा परिणत गरेकाे छ । वुहान कोरोना भाइरसको उद्गमस्थल पनि हाे ।

चाँगुनारायण नगरपालिका ७ काे खरिपाटीमा रहेको नेपाल विद्युत् प्राधिकरणको क्वरेण्टीनलाई दुई सय शय्याकाे आइसोलेशन बनाएर सञ्चालनमा ल्याएको हो ।

सरकारले कोरोना हब अस्पतालको रुपमा राखेको भक्तपुर अस्पताललाई आइसोलेशन तयार पार्न भनेपछि प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको नेतृत्वमा वीर दल गण सूर्यविनायकको सहयोगमा खरिपाटी क्वरेण्टीन भवनलाई आइसोलेशनमा परिणत गरेकाे भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट डाक्टर सुमित्रा गौतमले बताउनुभयो ।

अहिले दुई सय शय्याको आइसोलेशन तयार भए पनि तत्काल एक सय शय्या सञ्चालनमा ल्याएको डाक्टर गौतमले बताउनुभयो । आइसोलेशनमा आठ शय्या स्वास्थ्यकर्मीलाई छुट्याइएको छ भने अरु शय्यामा कोरोना भाइरसका सङ्क्रमितलाई राखिनेछ ।

भक्तपुर अस्पताल, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पतालको समन्वयमा डाक्टरसहित सात जनाको स्वास्थ्य टोली त्यहाँ खटाइएको डाक्टर गौतमले जानकारी दिनुभयो ।

भक्तपुर अस्पताल, राष्ट्रिय प्रत्यारोपण केन्द्र र क्यान्सर अस्पतालले पाँचदेखि सात जनाको संयुक्त तीन वटा स्वास्थ्यकर्मीको टिम बनाएर भक्तपुर अस्पताल, आईसीयू तथा आइसोलेशनमा टोली परिचालन गरेका छन् ।

तीन अस्पतालले एक विशेषज्ञ डाक्टर, अरु दुई डाक्टर, दुई नर्स, एक ल्याब टेक्निसियन र एक हेल्परसहित एउटा टिममा सात जना रहने गरी तीन वटा टिम तयार पारेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *