
४ भदौ, चितवन । चितवनमा कोरोना भाइरसको संक्रमणबाट एक जना वृद्धको मृत्यु भएको छ ।
भरतपुर अस्पतालमा उपचारत रत्ननगर नगरपालिका–१३ का ६५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट बिहीबार मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि ती पुरुषलाई आईसीयूमा राखेर उपचार गरिराखिएको थियो ।
६ दिनअघि कोरोना संक्रमण पुष्टि भएका ती पुरुषमा क्षयरोग, फोक्सोको समस्यालगायत रोगबाट पनि ग्रसित थिए ।
प्रतिक्रिया दिनुहोस