
४ भदौ, काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक कारोबारको अन्तिम समयसम्म आइपुग्दा ६.२८ अंकले बढेको छ ।
कारोबार सुरुबाटै ओरालो लागेको नेप्से परिसूचक अन्तिम सम्म आउँदा ०.४५ अकंले प्रतिशतले बढेको हो । आज ११ बजे १३९१.२९ को बिन्दुबाट सुरु भएको कारोबार ४ घण्टाको अवधीमा १३९७.५७ को बिन्दुमा पुगेको छ ।
१ सय ८२ कम्पनीको १२ लाख १४ हजार ५ सय १४ कित्ता शेयर किनबेच हुँदा ३९ करोड ३१ लाख रुपैयाँको कारोबार भएको छ ।
होटल र म्युचअल फण्ड बाहेक अन्य सबै क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ ।
प्रतिक्रिया दिनुहोस