
४ भदौ, काठमाडौं । नेपालमा थप ७०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७०७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ। संक्रमितमध्ये १७ हजार ९६४ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म १२६ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस