
४ भदौ, मोरङ । प्रदेश १ मा आज ४२ जना कोभिड १९ संक्रमित थपिएका छन्। जसमा १३ महिला र २९ पुरुष रहेका छन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीमा १२, मोरङमा १०, तेह्रथुममा ९, उदयपुरमा ३, धनकुटा र झापामा १/१ र प्रदेश २ का ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ९७ पुगेको छ । जसमा १ हजार १ सय ५३ जना निको भएर घर फर्किसकेका छन् भने १३ जना संक्रमितको मृत्यु भइसकेको छ । हालसम्ममा ७३ हजार ५ सय ५३ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयलले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस