४ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २०० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप २०० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
जस अनुसार काठमाडौंका १७४ जना, भक्तपुरका ८ जना र ललितपुरका १८ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस