
४ भदौ, काठमाडौं । एनसेल आजियाटा कम्पनीले ग्राहकका लागि नयाँ अफर ल्याएको छ ।
कम्पनीले ल्याएको पछिल्लो अफरअन्तर्गत ग्राहकले अब एक सय रुपैयाँमा सात दिनसम्म ननस्टप यूट्युव र ४ जीबी डेटा प्राप्त गर्नेछन् । ननस्टप यूट्युब फाेरजी नेटवर्कमा उपलब्ध हुनेछ भने अतिरिक्त रूपमा पाएकाे ४ जीबी डेटा सबै नेटवर्कका लागि उपलब्ध हुनेछ ।
साथै ननस्टप यूट्युव र डेटा प्याक लिने ग्राहकले ७ दिनसम्म २० रूपैयाँमा फेसबुकका लागि ३५ सय एमबी डेटा प्राप्त गर्न सक्नेछन् । त्यस्तै एनसेलले २० रूपैयाँमा टिकटकका लागि समेत ३५ सय एमबी डेटा उपलब्ध गराउने भएकाे छ ।
प्रतिक्रिया दिनुहोस