समाचार

दैलेखमा आजैदेखि चार दिनसम्म निषेधाज्ञा

dailekha CDO office

४ भदौ, सुर्खेत । दैलेखमा चार दिन निषेधाज्ञा जारी गरिएको छ । तीजका बेला हुने भिडभाडले कोभिड-१९ संक्रमण फैलिने जोखिम भएकोले जिल्ला प्रशासन कार्यालय दैलेखले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।

आज (बिहीबार) दुई बजेदेखि लागू हुने गरी ७ गते राति १२ बजेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको प्रशासनकार्यालयले सूचना जारी गरेको छ ।

दैलेखमा हालसम्म ९ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ जनाको ज्यान गइसकेको छ । पूर्वमा जाजरकोटको सिमाना, पश्चिममा कालिकोट र अछाम तथा दक्षिणमा सुर्खेतको सिमानाबाट निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए ।

उनका अनुसार अहिले ४१ जना संक्रमितको विभिन्न ठाउँका आइसोलेसनमा उपचार भइरहेको छ भने ७७ जना क्‍वारेन्टाइनमा बसिरहेका छन् । निषेधाज्ञाको उल्लंघन गरे कानुन बमोजिम कारबाही हुने उनले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *