राजनीति

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

23 cabinet meeting

४ भदौ, काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरु भएको हो ।

मुलुकमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या बढ्दै गएपछि थप रणनीति बनाउन मन्त्रिपरिषद डाकिएको बुझिएको छ । यसअघि सोमबार पनि नियमित मन्त्रिपरिषद बैठक बसेको थियो ।

बिहीबारबाट उपत्यकामा एक साता निषेधाज्ञा घोषणा भएको छ । गत चैत ११ बाट साउन ७ सम्मको लकडाउन अन्त्य गरेपनि संक्रमित र मृतक संख्या बढेपछि सरकारले अधिकांश जिल्लामा निषेधाज्ञाको नीति अपनाउँदै आएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *